नियमित बचत

     विशेष गरी व्यापारी/व्यवसायी/च्याउ कृषकहरुलाई दैनिक रुपमा निरन्तर बचत   गराउनु नै नियमित बचत हो । यस बचतमा न्युनतम रु २० देखि माथि जति पनि राख्न सकिन्छ। साथै यस बचत खातामा न्युनतम मौज्दात रु १००.– हुनुपर्ने छ। यस बचत  खातामा वार्षिक ८ का दरले ब्याज दिइनेछ ।

साधारण बचत

      यो खाता न्युनतम रु ५०० राखी सञ्चालन गर्नुपर्छ ।यस खातामा नगद जम्मा गर्दा न्युनतम रु १०० देखि माथि जम्मा गर्न सकिने छ। यस प्रकारको बचतमा ८=५ ब्याजदर कायम गरिएको छ ।

बिएमसी प्लस बचत

 यो संस्थाको विषेश प्रकारको बचत खाता हो । यो खाताको न्युनतम मौज्दात रु ५००० कायम गरिएको छ । विषेश गरि निरन्तर कारोबार गरिरहन पर्ने व्यवसायीहरुलाई लक्षित गरि तयार गरिएको यस खातामा दैनिक मौज्दातमा ८% ब्याजदर कायम गरिएको छ ।

मासिक बचत

      विशेष गरी शिक्षक,कर्मचारी,उद्यमी, च्याउ कृषक, नोकरी तथा अन्य पेशामा आवद्घ   सदस्यहरुको मासिक रुपमा बचत सकिने छ। यस बचतमा मासिक रुपमा रु ५०० र सो भन्दा माथि बचत गर्न सकिने छ। यस बचत खातामा अवधि अनुसार वार्षिक ८ देखि १२ प्रतिशतका दरले ब्याज दिइनेछ ।

गृहिणी बचत

              महिलाहरुलाई बचतमा अभिप्रेरित गर्ने उद्देश्यले न्युनतम मौज्दात रु१०० तथा दैनिक बचतमा रु२० र मासिक बचतमा न्युनतम रु३०० बचत गर्न सकिने छ। यस खातामा बचत जम्मा गरेको ३ महिना पछि मात्र बचत फिर्ता गर्न सकिनेछ। वार्षिक ८=५ का दरले ब्याज दिइनेछ ।

जेष्ठ नागरीक बचत

५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरीएको यो मुद्दती बचत कै अर्काे रुप हो । यस बचत खाताको ब्याज ग्राहकका चाहना अनुसार मासिक भुक्तानी गर्ने व्यवस्था पनि रहेको छ । तोकिएको समय अगाडि यस खाताको निक्षेप भुक्तानी हुने छैन । यस बचत खातामा १२=५ ब्याजदर निर्धारण गरिएको छ ।

खुत्रुके बचत

“थोपा थोपा मिलेर समुन्द्र बन्छ” भने जस्तै ससाना बचतले पछि ठुलो निक्षेप बनाउछ । आजका बालबच्चा देशका भविष्य हुन । उनीहरुमा अहिले देखि नै बचतको बानी बसाउनका लागि खुत्रुके बचत खाता सञ्चालन गरेका हौं । यस खुत्रुके बचत खाता सञ्चालन गर्दा शुरुमा खुत्रुके संस्थाबाट नै उपलब्ध गराउछौं । महिनाको अन्तिममा त्यस खुत्रुकेको रकम संकलन गर्न हाम्रा कर्मचारी घरमै पठाउछौं । यस खाताको अवधि २ वर्षको हुन्छ । यस प्रकारको बचत खातामा ११% ब्याजदर कायम गरीएको छ ।

बाल बचत

बालबालिकाहरुमा बचतको बानी बसाउनका निम्ति १ वर्ष देखि १४ वर्ष सम्मका बालबालिकाहरुलाई लक्षित गरीएको यस बाल बचतमा रु १० देखि माथि दैनिक रुपमा बचत गर्न सकिने छ । साथै यसमा निम्न अवधि अनुसारको ब्याजदर रहने छ 

क्र.सं. अवधि ब्याजदर प्रतिशत

१ वर्ष ८ %

२ वर्ष ९ %

३ वर्ष

१० %

४ वर्ष

११ %

५ वर्ष

१२ %

 

आवधिक बचत

    क्रमिक रुपमा बचत गर्ने तथा अवधि तोकेर गर्ने बचत नै आवधिक बचत हो । यस बचतमा संस्थाले निम्नानुसारको ब्याजदर प्रदान गरिनेछ ।

क्र.सं.

अवधि

ब्याजदर प्रतिशत

१ 

१ वर्ष

 ८  %

 २ वर्ष

९ %

३  

३ वर्ष

१० %

४  

४ वर्ष

११  %

 ५

५ वर्ष

१२ %

 

मुद्दती बचत 

   एकमुष्ट रकम निश्चित अवधि तोकेर गरिने बचत नै मुद्दती बचत हो । यस खातामा अवधि पुरा नहुन्जेल बचत फिर्ता हुनेछैन । यस खाताको ब्याजदर भुक्तानी प्रत्येक ३ महिनामा गरिनेछ । यस बचत खातामा ब्याजदर निम्नानुसार रहनेछ ।

क्र.सं.

अवधि

ब्याजदर प्रतिशत

१-३ वर्ष सम्म

१० देखि १२.५ %